२०८३ भाद्र २८ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २८ आईतवार

रसुवा बाढीपीडितका लागि चैतन्यको रु. १ लाख ११ हजार १११ सहयोग।

कैलाली- रसुवामा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि चैतन्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।
२०८३ भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चैतन्यको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरिएको हो।
चैतन्यका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश प्रसाद जोशीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले राष्ट्र संकटमा परेको अवस्थामा आफूले सक्ने सहयोगमार्फत प्रभावित परिवारलाई राहत र हौसला प्रदान गर्नुपर्नेमा जोड दिए।
“विपद्को पीडा भोगिरहेका नागरिकका लागि हाम्रो सहयोग सानो हुन सक्छ, तर यसले दिने हौसला र मानवीय संवेदना ठूलो हुन्छ। यस्तो कठिन घडीमा सरकार, संघसंस्था, निजी क्षेत्र र आम नागरिक सबै मिलेर प्रभावितको उद्धार तथा राहतमा हातेमालो गर्न आवश्यक छ,” सीईओ जोशीले भने।
चैतन्यले विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्‍याउन सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।