२०८३ श्रावण १२ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण १२ मंगलवार

अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

अछामी छोरीबेटी समाज कैलालीले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग प्रदान गरेको छ।

करिब ४५ जना अनाथ, असहाय तथा अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाले आश्रय लिइरहेको सेभ हाउसमा दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै अछामी छोरीबेटी समाज कैलालीकी अध्यक्ष भवानी शाहले समाजले स्थापना कालदेखि नै सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै स्थापना दिवसलाई औपचारिक रूपमा मनाउनु भन्दा सेवामूलक कार्यमार्फत समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो। आगामी दिनमा पनि महिला, बालबालिका, असहाय तथा विपन्न समुदायका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अछामी छोरीबेटी समाज कैलालीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आश्रित बालबालिकाको दैनिक पालनपोषण, शिक्षा तथा आवश्यक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै, गोदावरी नगरपालिकाकी पूर्व उपप्रमुख रत्ना कडायतले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै सानोसानो सहयोगले नै बालबालिकाको पालनपोषणमा ठूलो सहयोग पुग्ने भएकाले यस्ता सेवामूलक अभियानमा सबैले हातेमालो गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा अछामी छोरीबेटी समाज कैलालीका पदाधिकारी, समाजसेवी, स्थानीय बुद्धिजीवी, सेभ हाउसका कर्मचारी तथा बालबालिकाको सहभागिता रहेको थियो।

कार्यक्रममा मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वका यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।