२०८३ भाद्र २९ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २९ सोमबार

शंकर केसीको सहयोगमा दुर्गमका १५० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिने।

अमेरिकामा रहेको Sejalit An E-verified Company का संस्थापक शंकर केसीले दुर्गम तथा पहाडी क्षेत्रका अति विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउन रु. १ लाख १० हजार सहयोग गरेका छन्।
केसीले सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरमार्फत उक्त रकम सहयोग गरेका हुन्। उक्त सहयोगबाट आगामी केही दिनमा विभिन्न दुर्गम क्षेत्रमा पुगेर करिब १५० जना विपन्न तथा जेहेन्दार बालबालिकालाई स्कुल ब्याग र स्टेशनरी सामग्री वितरण गरिने भएको छ।
सामाजिक अभियन्ता कुँवरको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमार्फत आर्थिक अभावका कारण शैक्षिक सामग्रीको पहुँचबाट वञ्चित बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ। कुँवरले आगामी दिनमा विभिन्न पहाडी तथा दुर्गम क्षेत्रमा पुगेर बालबालिकालाई सामग्री हस्तान्तरण गर्ने बताएकी छन्।
सहयोगपछि संस्थापक केसीले सामाजिक अभियन्ता कुँवरको नेतृत्वमा आगामी दिनमा पनि विभिन्न दुर्गम तथा विपन्न क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गरिब, असहाय तथा जेहेन्दार बालबालिका अध्ययन गर्ने विद्यालय निर्माणका लागि समेत सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्।
यसैबीच, अन्य दाताहरूको सहयोगमा आगामी दिनमा ४/५ वटा विद्यालयमा स्कुल ब्याग, स्टेशनरी तथा खाद्यान्न सामग्रीसमेत लिएर दुर्गम क्षेत्रमा पुग्ने तयारी भइरहेको कुँवरले जानकारी दिएकी छन्।
बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अघि बढाइएको अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति कुँवरले आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका अभियानमा सहकार्य र सहयोगको अपेक्षा गरेकी छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।