२०८३ भाद्र २८ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २८ आईतवार

राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा अत्तरियामा डेउडा खेल कार्यक्रम हुने।

अत्तरिया – १९ औँ राष्ट्रिय पुस्तकालय दिवस तथा गौरा पर्वको अवसर पारेर कैलालीको अत्तरियामा विशेष डेउडा खेल कार्यक्रम आयोजना हुने भएको छ।
बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ भन्ने नारासहित प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाले कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सुदूरपश्चिमको मौलिक लोकसंस्कृति तथा डेउडा परम्परालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
२०८३ साल भदौ १५ गते सोमबार प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियामा आयोजना हुने कार्यक्रममा चर्चित डेउडा कलाकार धनसरा साउद र नरबहादुर शाह (निर्मल) को विशेष प्रस्तुति रहनेछ।
पुस्तकालय दिवसलाई केवल पुस्तक र पठन संस्कृतिसँग मात्र सीमित नराखी स्थानीय कला, साहित्य तथा संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
डेउडा खेलमार्फत सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रममा स्थानीय कला तथा संस्कृति प्रेमी, पाठक, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया‌ कैलालीको आयोजनामा हुनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।