२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

पीडितको राहतमा अत्तरिया हस्पिटलको साथ, प्रधानमन्त्री राहत कोषमा सवा २ लाख बढी सहयोग।

अत्तरिया- रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै अत्तरियामा रहेको अत्तरिया हस्पिटल २ लाख २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो।

हस्पिटलले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ।

अत्तरिया हस्पिटलले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। अस्पताल परिवारले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।