२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

टुरिजम प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘द हेभन रिसोर्ट’ सञ्चालनमा।

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडामा ‘द हेभन रिसोर्ट’ सञ्चालनमा आएको छ। शान्त, स्वच्छ तथा कोलाहलमुक्त वातावरणमा पारिवारिक सेवासहित सञ्चालनमा आएको रिसोर्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै एग्रो टुरिजम प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

रिसोर्टमा डेढ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको सञ्चालक दिपेन्द्रबहादुर सिंहले बताए। सहकारी क्षेत्रमा करिब १६ वर्ष काम गरेको अनुभव बोकेका सिंहले पर्यटन क्षेत्रमा नयाँ सम्भावना देख्दै रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र कृषि तथा पर्यटनलाई एकअर्कासँग जोड्ने उद्देश्यले व्यवसाय सुरु गरिएको उनको भनाइ छ।

हाल रिसोर्टमा करिब ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीयस्तरमा उत्पादित कृषि उपज तथा परिकारलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको बजार विस्तारमा समेत योगदान पुर्‍याउने प्रयास भइरहेको सिंहले बताए।

रिसोर्टलाई आगामी दिनमा थप व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ। त्यसका लागि स्विमिङ पुल, जिपलाइन, मल्टिपर्पोज हल तथा थप आवास संरचना निर्माण गर्ने योजना अघि सारिएको छ।

परिवार तथा साथीभाइसँग शान्त वातावरणमा समय बिताउन चाहनेहरूलाई लक्षित गरिएको रिसोर्टले मनोरञ्जनसँगै स्थानीय संस्कृति, उत्पादन र कृषि गतिविधिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ। पूर्वाधार विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने र जुगेडालाई धनगढी क्षेत्रको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान पुर्‍याउने सञ्चालक सिंहले बताए।

स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र पर्यटन विकासलाई एकैसाथ अघि बढाउने उद्देश्यले सञ्चालनमा आएको द हेभन रिसोर्टले आगामी दिनमा एग्रो टुरिजमका क्षेत्रमा नयाँ सम्भावना खोज्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।